ट्याङ्करले च्यापिएर इञ्जिनियरको मृत्यु, परिवारलाई २५ लाख दिने सहमति

तनहुँ। तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा गत सोमबार पानी ट्याङ्करद्वारा च्यापिएर मृत्यु भएका युवकको परिवारलाई २५ लाख सहयोग प्रदान गर्न सहमति भएको छ ।

व्यास –१२ कमलाबारी निवासी २९ वर्षीय प्रवीण कैनीको परिवारलाई २५ लाख राहत दिने सहमति भएको हो । कैनी व्यास नगरपालिकामा इञ्जिनियर पदमा कार्यरत थिए ।

घाँसीकुवाबाट दमौलीतर्फ आउँदै गरेको मुग्लिन–पोखरा सडक निर्माण गरिरहेको चिनियाँ कम्पनीको सो ट्याङ्करले सोही दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा कैनीको घटनास्थलमै मृत्यु भएको थियो । सोही दिनदेखि पीडित परिवार आन्दोलित थिए ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा आज बसेको दुवै पक्षको बैठकले राहतका विषयमा सहमति गरेको हो । त्यस्तै पीडित परिवारका एकजनालाई आयोजनामा रोजगारी दिने सहमति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =