मिथिलाञ्चलमा वटसावित्री पर्वको रौनक (तस्बिरहरु)

काठमाडौं । मिथिलाञ्चलमा शुक्रवार वटसावित्री अर्थात वरसाइत पर्व मनाइएको छ ।

विवाहित महिलाहरुले मनाउने यो पर्वलाई लिएर वर भएको ठाउँमा महिलाहरुको पूजाका लागि बिहानैदेखि भीड लागेको छ ।

पर्वमा महिलाहरु नयाँ सारी साया, ब्लाउज, लहठी, श्रृंगारका समानका अतिरिक्त पूजाको सामग्री किन्ने गर्दछन् । नव विवाहित महिलाहरुका लागि यस पर्वमा बेहुलाको घरबाट पूजाको सामग्रीका अतिरिक्त पाहुर समेत आउने गर्दछ ।

वटसावित्री पर्वलाई नारीत्व रक्षा, सन्तान प्राप्तिमा सहयोग गर्ने पर्वको रुपमा लिइने गरिन्छ । मिथिला संस्कृतिमा यो पर्व आदर्श नारीत्वको प्रतीक बनेको छ ।

यो पर्व मिथिलाञ्चलमा प्रत्येक वर्ष जेष्ठ महिनाको औँसी तिथिमा मनाइने गरिन्छ । हिन्दु धर्ममा पीपलको बोट जस्तै बरको बोटको पनि उत्तिकै महत्व रहेको छ ।

वरको बोटमा भगवान व्रह्मा, विष्णु र महेशको वास हुने पुराणहरुमा स्पष्ट भनिएको छ । यस वृक्ष मुनी बसेर पूजा, व्रत कथा आदि सुन्दा मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ । वरको बोट आफ्नो विशालताका लागि प्रसिद्ध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *