सहकारी छानविन समितिले तोकिएकै समयमा काम सक्छ : महेश बर्तौला (भिडिओ)

काठमाडौं । नेकपा(एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले तीन महिनाभित्रै प्रतिवेदन ल्याउनुपर्नेमा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले तीन महिनाभित्रै प्रतिवेदन ल्याउनुपर्ने एमालेको स्पष्ट अडान रहेको बताएका हुन् ।

उनले यस समितिमा एमालेको भुमिकाप्रति आशंका गर्नेहरुले नै तीन महिनाभित्र काम सम्पन्न गरी प्रतिवेदन ल्याउन नदिनसक्ने भन्दै यसप्रति आफूहरु सचेत रहेको बताए ।

उनले समितिको कामलाई अवरोध सिर्जना गर्नु नहुने बताए ।

प्रमुख सचेतक बर्तौलाले समितिले राम्रोसँग काम गरि तोकिएकै समयमा प्रतिवेदन पेश गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =