सहकारी प्रकरण

नयाँ बानेश्वरमा संसदीय छानबिन समितिको बैठक, सभामुख सहभागी

काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिको बैठक आज बसेको छ ।

समिति गठन भएको एक सातापछि नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बैठक बसिरहेको छ ।

दिउँसो २ बजेपछि शुरू भएको बैठकमा सभामुख देवराज घिमिरे पनि सहभागी भएका छन् । सहकारीमा भएको रकम दुरुपयोगको विषयमा छानबिन गर्न १५ जेठमा संसदीय विशेष समिति बनेको थियो ।

नागरिकको रकम दुरुपयोग भएका २९ वटा सहकारीको छानबिन गर्न समितिलाई तीन महिनाको समय दिइएको थियो । समितिको संयोजकमा एमालेका सूर्य थापा छन् ।

एमालेकै सरिता भुसाल, प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट बद्री पाण्डे र ईश्वरी न्यौपाने छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान पनि सदस्य छन् ।

सिंहदरबारमा कार्यालय र कर्मचारीसहितको व्यवस्था भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 14 =