प्रधानमन्त्रीलाई पोखराका सहकारी पीडितले देखाए कालो झन्डा

काठमाडौं । पोखराका सहकारी पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाएका छन् ।

बुधबार पोखरा सभागृहमा माओवादी पार्टी प्रदेशस्तरीय कार्यकर्ता भेलाको उद्घाटन गर्न आएका प्रधानमन्त्री प्रचण्डलाई सहकारी पीडितले कालो झण्डा देखाएका हुन् ।

प्रधानमन्त्रीलाई कालो झण्डा देखाएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री प्रचण्डलाई कालो झन्डा देखाएपछि प्रहरीले दमन गरेको हो ।

सहकारी पीडितहरूले केही दिनदेखि पोखरामा विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 4 =