लोसपाद्वारा मधेस प्रदेशको राजनीतिक अवस्थाको समीक्षा

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले मधेस प्रदेशको राजनीतिक अवस्थाको समीक्षा गरेको छ ।

मंगलवार जनकपुरमा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूले मधेस प्रदेशको राजनीतिक अवस्थाको समीक्षा गरेको हो । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उत्पन्न भएको राजनीतिक परिस्थिति र पार्टीको भूमिको विषयमा बैठकमा चर्चा भएको छ ।

अध्यक्ष ठाकुर र वरिष्ठ नेता शरद सिंह भण्डारीको उपस्थितिमा भएको बैठकमा प्रदेश सभाको आठ जना सदस्यहरूसँग राजनीतिक विषयवस्तुमा समीक्षा भएको मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले जानकारी दिए । उनले बैठकमा कुनै खासै निर्णय भने नभएको बताए ।

उनले बुधवार मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत लिने भएपछि यसको विषयमा समेत समीक्षा भएको र पार्टीले उचित समयमा उचित निर्णय लिने जानकारी दिए ।

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट दुई दल बाहिरिएपछि नयाँ बन्ने सरकारको अङ्कगणितको लागि लोसपा र नेकपा (एकीकृत समाजवादी) महत्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =