गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
२०८१ जेठ २१ गते

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले विशेष अदालतमा ५ थान फरक–फरक शीर्षकमा मुद्दा दर्ताका लागि फाइल पेस गरेको विशेष अदालतका प्रवक्ता यज्ञराज रेग्मीले जनाए ।
उनका अनुसार नदिजन्य पदार्थको ढुङ्गा, गिट्टी बालुवासहितका सामाग्रीहरू सरकारी दररेट कम कायम गरी ठेक्का दिएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।
उनीहरुमाथि १ अर्ब ४ करोड विगो मागदावीसहितको आरोपपत्र विशेष अदालतमा पेश भएको छ ।
२०८१ जेठ २१ गते
प्रतिक्रिया
सम्बन्धित








