भोजपुरको सर्वाङ्गीण विकासणका लागि सबै एक हौँ : विद्यादेवी भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भोजपुरको सर्वाङ्गीण विकास निर्माणका लागि सबै एक भएर लाग्नुपर्ने बताएकी छन् ।
सोमवार काठमाडौंमा कवि शिवकुमार शर्मा पराजुलीको कविता संग्रह कोकिल लोकापूण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले भोजपुर जिल्ला आफ्नो पनि जन्मस्थान भएको बताउँदै भोजपुरसँग आफ्ना पनि कतिपय संस्मरणहरू गाँसिएको उल्लेख गरिन् ।
उनले भोजपुर जिल्ला भौतिक पूर्वाधार विकासको दृष्टिकोणबाट तुलनात्मक रुपमा केही पछाडि परेको भएपनि समाज सुधार, शिक्षा, राजनीति, प्रशासनका साथै कला, साहित्य र संगीतको क्षेत्रमा मुलुकका लागि धेरै योगदान दिएको बताइन् । उनले शिक्षासेवी एवं समाज सुधारक बालागुरु षडानन्द अधिकारी धार्मिक तथा सामाजिक सुधारकी अभियन्ता योगमाया न्यौपाने, २००७ सालका क्रान्ति नायकहरू रामप्रसाद राईको नाम सबैले सगौरव लिने गरेको स्मरण गरिन् ।
उनले भनिन् ‘भोजपुर जिल्ला म पनि जन्मिएको जिल्ला हो । भोजपुरसँग मेरा पनि कतिपय संस्मरणहरू गाँसिएका छन् । भोजपुर जिल्ला भौतिक पूर्वाधार विकासको दृष्टिकोणबाट तुलनात्मक रुपमा केही पछाडि परेको भएपनि समाज सुधार, शिक्षा, राजनीति, प्रशासनका साथै कला, साहित्य र संगीतको क्षेत्रमा मुलुकका लागि यो जिल्लाले विशिष्ट योगदान पुर्याएको छ । शिक्षासेवी एवं समाज सुधारक बालागुरु षडानन्द अधिकारी धार्मिक तथा सामाजिक सुधारकी अभियन्ता योगमाया न्यौपाने, २००७ सालका क्रान्ति नायकहरू रामप्रसाद राईको नाम सबै भोजपुरीहरूले सगौरव लिने ऐतिहासिक नामहरू हुन् । भोजपुरको सर्वाङ्गीण विकास निर्माणका साथै त्यहाँको बौद्धिक सम्पदा र इतिहासको जगेर्ना गर्न सबै जना निरन्तर क्रियाशील रहनु हुनेछ ।’
पूर्वराष्ट्रपति भण्डारीले अग्रज पुस्ताको ज्ञान र अनुभवले भावी पुस्तालाई पनि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।








