बेङ्गलोरमा अस्तायो बझाङका मदनको परिवार, घर छाडेको ६ वर्षमा छाडे संसार

काठमाडौं । भारतको बेङ्गलोरमा खाना पकाउने ग्यास पड्किदा बझाङ घर भएका एकैघरका ५ जनाको मृत्यु भएको छ ।

बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ सुइल घर भई विगत ६ वर्ष देखि वेंग्लोरमा रोजगारी गर्दै आएका मदन बोहराको ५ जनाकै परिवारको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मदन बोहरा,उनीकी श्रीमती प्रेमजला धामी बोहरा,छोरीहरू अनिता बोहरा,निता बोहरा र छोरा प्रशान्त बोहरा रहेका छन् ।

गत बुधबार राति ११ बजेतिर झ्याल नभएको कोठामा बसिरहेका उनीहरुको कोठामा ग्याँस लिक भएको र सलाई कोर्ने क्रममा आगलागीबाट बोहरा परिवारका सबै सदस्य जलेर घाइते भएका थिए ।

घटना लगत्तै घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो ।

पाँचै जनाको उपचारको क्रममा मृत्यु भएको हो । प्रेमजलाको शनिबार साँझ मृत्यु भएको थियो भने उनका छोरीहरुको त्यसअघि नै मृत्यु भइसकेको थियो । मदन र उनका छोराको गएराति उपचारकै क्रममा मृत्यु भएको मृतकका आफन्तले मकालुखबरलाई जानकारी दिए ।

न्यून आर्थिक अवस्था भएका ३२ वर्षीय मदन गाउँमा जीविका चलाउन गाह्रो भएपछि विगत ६ वर्षदेखि परिवारसहित भारतमा बस्दै आएका थिए । घर समेत नआएर भारतमै दुख गर्दै परिवार पालिरहेका उनको परिवारमा परेको वर्जपातले अहिले उनको गाउँ शोकमा डुवेको छ ।

यो पनि पढ्नुहोस् – खाना पकाउने ग्यास पड्किँदा एकै घरका ५ जनाको मृत्यु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =