पूर्वसहसचिव राजभण्डारी भ्रष्टाचार मुद्दामा दोषी ठहर

सर्वोच्च अदालतले पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले विशेष अदालतको फैसलालाई सदर गरेको हो ।

विशेष अदालतले २०६९ मंसिर ११ गतेमा पूर्व सहसचिव राजभण्डारीलाई दोषी ठहर गरेको थियो ।

विशेषले उनले २ करोड ४६ लाख १९ हजार ९ सय ३२ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै त्यति रकम असुलउपर गर्नुपर्ने ठहर गरेको थियो ।

उनीसँग सोही बराबर थप जरिवाना हुने विशेषको फैसला थियो । विशेषले उनलाई एक वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चले आइतबार विशेषले गरेको निर्णय मिलेकै देखिएको भन्दै सदर गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =