बजेट सही दिशामा आएको छ : वेदुराम भुषाल

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. वेदुराम भुषालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सही दिशामा रहेको बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) को तर्फबाट बजेटको समर्थन गर्दै उनले बजेटमा आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन, कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास र पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायत सामाजिक सेवाको क्षेत्रको विकास, समावेशिता र सामाजिक सुधार, सुशासन प्रवर्द्धन र सामाजिक सेवा प्रभावमा सुधारलाई जोड दिइएको बताएका हुन् ।

उनले ५ वटा प्राथमिकता राखेर बजेट आएको भएपनि त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उनले बजेटमा आलोचना गर्नुपर्ने कुराहरू पनि धेरै रहेको बताए ।

उनले भने ‘बजेटमा आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन, कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास र पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायत सामाजिक सेवाको क्षेत्रको विकास, समावेशिता र सामाजिक सुधार, सुशासन प्रवर्द्धन र सामाजिक सेवा प्रभावमा सुधारलाई जोड दिएको छ । यी ५ वटा प्राथमिकता राखेर जुन बजेट आएको छ, यो मूलतः सही दिशामा छ । बजेटलाई म स्वागत गर्दछु र समर्थन पनि गर्दछु । आलोचना गर्नुपर्ने, सुझाव राख्नुपर्ने विषयहरू पनि धेरै नै छन् । मूलतः यो सकारात्मक छ । जुन उद्देश्य र प्राथमिकताहरू राखेर बजेट ल्याइएको छ, त्यसअनुसार कार्यक्रमहरू आए की आएनन्, त्यसअनुसार बजेटको विनियोजन भयो की भएन भनेर हेर्दा धेरै ठाउँमा टिप्पणी गर्नुपर्ने अवस्था छ ।’

उनले बजेटका सकारात्मक पक्षहरूमा आफूले समर्थन जनाउने बताए । उनले वैदेशिक अनुदान र ऋण प्राप्त हुने अनुमानबाट बजेट बनाए पनि अनुमानअनुसारको अनुदान र अण प्राप्त हुन नसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eleven =