संसद खुल्दा जे देखियो… (तस्बिरहरु)

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आगामी आर्थिक वर्ष २०८१÷८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्तावमाथि छलफल भइरहेको छ ।
सांसदहरुले मनसुनभित्रिएसँगै बाढी पहिरो रोकथाम र जोखिम रहेका बस्तीहरुलाई स्तान्तरण गर्ने सरकारको योजना बारेमा जानकारी दिन माग गरेका छन् ।
आईतवार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदहरुले सरकारसँग यस्तो माग गरेका हुन् ।
सांसदहरुले सरकारले वर्षायाम शुरु भएसँगै देशभरका जोखिम क्षेत्रमा आउने बाढी पहिरो रोकथाम र उद्वारको लागि भइरहेको कामको बारेमा जानकारी दिन माग गरे ।
उनीहरुले सरकारले प्राकृतिक विपद्बाट नागरिकलाई बजाउन आवश्यक रहेको भन्दै डढेलो लगायत हावाहुरीका कारण प्रभावित घरपरिवारलाई तत्काल राहतको व्यवस्था गर्न समेत माग गरेका छन् ।












