च्याम्पियन्स लिगको फाइनलमा आज राति डर्टमुण्ड र रियल म्याड्रिड भिड्दै

युरोपेली च्याम्पियन्स लिगको उपाधि भिडन्त आज राति हुँदै छ।

लन्डन स्थित वेम्ब्ली स्टेडियममा आज राती १२ः४५ बजे जर्मन टोली बोरुसिया डर्टमुण्डले स्पेनिश टोली रियल म्याड्रिडको सामना गर्दैछ।

रियलले कीर्तिमानी १४ पटकको उपाधि बिजेता हो। उसले दोस्रो स्थानको एसी मिलानभन्दा दोब्बर बढी उपाधि जितेको छ। एसी मिलानले ७ पटक उपाधि जितेको छ।

डर्टमुण्ड १९९७ मा एक पटक मात्र च्याम्पियन्स लिगको उपाधि उचालेको टोली हो। पछिल्लो पटक डर्टमुण्ड २०१३ मा च्याम्पियन्स लिग फाइनल पुगेको थियो । सो फाइनलमा डर्टमुण्डले बायर्न म्युनिखविरुद्ध २–१ को हार बेहोरेको थियो।

रियलले म्यानचेस्टर सिटीलाई र डर्टमुण्ड पीएसजीलाई पराजित गर्दै फाइनलमा पुगेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *