अल नासरलाई स्तब्ध पार्दै हिलालले जित्यो उपाधि

काठमाडौँ । तनावपूर्ण खेलमा अल नासरलाई पराजित गर्दै अल हिलालले किङ्स कपको उपाधि जितेको छ । शनिबार बिहान साउदीको किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा भएको फाइनलमा क्रिस्टियानो रोनाल्डोको टोली नासरलाई ५-४ ले पराजित गर्दै हिलाल च्याम्पियन बनेको हो ।

निर्धारित र अतिरिक्त समयमा १-१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटाउटबाट लिइएको थियो । खेलको सातौं मिनेटमा एलेक्सान्दर मित्रोभिचको गोलबाट हिलालले अग्रता लिएको थियो । ८८ औं मिनेटमा नासरका एमन याह्याले बराबरी गोल फर्काएका थिए ।

५६औं मिनेटमा अल नासरका गोलरक्षक डेभिड ओस्पिना रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । ८७ औं मिनेटमा अल बुलाही रातो कार्ड पाएर बाहिरएपछि हिलाल पनि १० खेलाडीमा समेटियो । त्यसपछि थपिएको समयमा समेत गोल हुन नसक्दा खेल पेनाल्टीमा पुगेको थियो । अल हिलालले यही सिजन प्रो लिग र सुपर कपसमेत जितिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *