बजेट कार्यान्वयन गर्ने कार्ययोजना सरकारसँग छैन : पूर्वअर्थमन्त्री महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले बजेटमा आइटी क्षेत्रलाई प्राथमिकता दिएपनि कार्यान्वयनको कार्ययोजना नभएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा भएको मुलुकको आर्थिक अवस्था र बजेट समिक्षा विषय कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको कार्ययोजना बिना प्रश्तुत गरेको बताए ।

उनले सरकारले ल्याएको बजेटका हरेक कार्यक्रम र योजनाहरु कार्यान्वयनमा चुनौति रहेको बताए । उनले आगामी आर्थिक वर्षको बजेट ऋण लिएको रकम लगानी गरी ऋणको सावाँ ब्याज तिरेर नाफा गर्ने लक्ष्य राख्नुपर्ने भएपनि ऋणमा मात्रै निर्भरता हुने गलत नीति लिएको दाबी गरे ।

उनले बजेटका ऋणको हिसा बढाउनु राम्रो नभएको बताए । उनले वैदेशिक ऋणको हकमा यही प्रश्ताविक ऋण पनि सरकारको कार्यान्वयन क्षमताका कारण कार्यान्वयन हुन ग्राहो रहेको बताए ।

उनले निजी क्षेत्रको मनोवल बढाउने भन्दा पनि निराशा थप्ने बजेट आएको टिप्पणी गरे । उनले सरकारले एक वर्षमा परिणाम निकाल्ने कार्ययोजनासहित बजेट ल्याउन पर्ने भएपनि त्यस्तो नभएको बताए ।

उनले निजी क्षेत्रलाई मनोवल उच्च बनाउने र अर्थतन्त्र चलायमान बनाउने मात्रै भनिएको तर ठोस कार्ययोजना सरकारसँग नभएको बताए ।

उनले आफूले प्याज,आलु र स्याउमा भ्याट भन्सारबिन्दुमा लगाएको तर अर्थमन्त्रीले प्याज,आलु र स्याउमा भ्याट हटाएको भन्दै आन्तरिक उत्पादनलाई प्रोत्साहित हुने झुटो कुरा गरेको बताए ।

उनले भन्सार बिन्दुमा प्याज,आलु र स्याउमा भ्याट आन्तरिक उत्पादनलाई प्रतिष्पर्धी बनाउन लगाएको बताए ।

उनले प्याज,आलु र स्याउमा आयात गर्ने व्यवसायीहरुको कुरा सुनेर भ्याट हटाइएको आरोप लगाए ।

उनले सरकारले ल्याएको बजेट समग्रमा ६ प्रतिशतको आर्थिक वृद्धि भने पनि ५ प्रतिशत भन्दा बढी आर्थिक वृद्धि नहुने बताए । उनले सरकारले बजेट वितरणमुखी ल्याएको दाबी गरे ।

उनले चालु आर्थिक वर्षमा आफूले रोकेको वितरणमुखी बजेटलाई अर्थमन्त्री वर्षमान पुनले खुला गरेको आरोप लगाए ।

उनले आन्तरिक ऋण मार्फत चालु आर्थिक वर्षको भन्दा ९९ अर्ब नेपाली बैंकहरुबाट आन्तरिक ऋण लिने निर्णयले बजारमा बैंकको ब्याजदरमा पर्ने बताए । त्यस्तै निजी क्षेत्रले प्राप्त गर्ने कर्जामा दबाब पर्ने उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =