बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई माओवादीका सांसदहरुको सुझाव (भिडिओ)

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसदहरुले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षका बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा उनीहरुले बजेट राजनीतिक, आर्थिक र सत्ता समिकरणलाई समेत ध्यानमा राखेर सन्तुलित र सही ढंंगले आएको निष्कर्ष निकाल्दै यसको कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिएका हुन् ।

पार्टीका सांसदहरुले देशको अर्थ व्यवस्था, राजनीतिक अवस्था, सत्ता समिकरणलाई समेत ख्याल गरेर आएकाले त्यसको कार्यान्वयनमा जोड गरेर जानुपर्छ भन्ने सुझाव बैठकमा दिनुभएको पार्टी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

बैठकले संक्रमणकालिन न्याय सम्बन्धि विधेयक, निजामती कर्मचारी सेवा सम्बन्धि विधेयक, विद्यालय शिक्षा विधेयकलगायतका संसद र संसदीय समितिहरुमा विचाराधिन विधेयकहरुको छलफललाई तिब्रताका साथ अघि बढाउने निर्णय पनि गरेको छ ।

संसद र संसदीय समितिका बैठकहरुलाई तिब्रता दिएर बजेट र अन्य महत्वपूर्ण विधेयकहरुलाई पनि टुंगोमा पु¥याउने काममा तीव्रता दिने निर्णय बैठकले गरेको पनि प्रमुख सचेतक पाण्डेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + six =