रोनाल्डोले चार लिगमा जिते गोल्डेन बुट, बन्यो कीर्तिमान

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा गोल्डेन बुट जितेका छन् । यस सिजनको साउदी लिगमा सबैभन्दा बढी ३५ गोल गर्दै रोनाल्डोले गोल्डेन बुट जितेका हुन् ।

यस सिजनको साउदी लिगमा रोनाल्डोले ३१ खेलमा ३५ गोल र ११ असिस्ट गरेका थिए । रोनाल्डो साउदी प्रो लिगमा एकै सिजनमा सबै भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । ययसअघि मोरक्कोका अबडेराजक हामदल्लाहले २०१८-१९ सिजनमा सर्बाधिक ३४ गोल गरेका थिए ।

यसका साथै रोनाल्डो चार फरक फरक लिगमा गोल्डेन बुट जित्ने खेलाडी बनेका छन् । रोनाल्डोले ला लिगामा तीन पटक गोल्डेन बुट जितेका थिए भने प्रिमियर लिग र सिरी ए मा एक एक पटक गोल्डेन बुट जितेका थिए । रोनाल्डोले ७ पटक च्याम्पियन्स लिगमा गोल्डेन बुट जितेका छन् बहने एक पटक युरोको गोल्डेन बुट जितेका छन् ।

रोनाल्डोले अल नासरका लागि यस सिजनमा अल नासरका लागि ५० खेलमा ५० गोल गरेका छन् । अल नासरले यस सिजनमा साउदी लिगमा दोस्रो स्थानमा रहेको छ । यस सिजनको साउदी लिग भने अपराजित रहदै अल हिलालले जितिसकेको छ । अब अल नासरले आगामी शुक्रबार किङ कपको फाइनलमा अल हिलालसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *