कालिकोट जाँदै गरेको जिप भीरबाट खस्यो, चार जनाको मृत्यु

काठमाडौं । सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको भे १ च २५६० नम्बरको जिप गएराति सुर्खेतको विरेन्द्रनगर नरपालिका-१३ रातानाङ्ग्लानजिक टाकुरी मोडबाट खसेर दुर्घटना भएको हो ।

जिप अन्दाजी ४ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी विरेन्द्रवीर विश्वकर्माले बताए । उनकाअनुसार दुई जनाको शव बिहानै निकालिएको छ । भीरमै रहेको दुई जनाको शव निकाल्ने प्रयास जारी रहेको डिएसपी विश्वकर्माले जानकारी दिए । मृतकको सनाखत भइसकेको छैन ।

दुई जनालाई भने घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याएको छ । घाइतेहरूमा कालीकोटको शुभकालिका गाउँपालिका-३ का अन्दाजी २८र२९ वर्षका नरी कामी र खाडाच्कर नगरपालिका-९ पाखाका नरेन्द्र विष्ट छन् । उनीहरूको विरेन्द्रनगरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *