क्रिकेटर लामिछानेलाई भिसा दिलाउन जनदबाब आन्दोलन (तस्बिरहरू)
२०८१ जेठ १६ गते

काठमाडौँ । ‘भिजा फर सन्दीप लामिछाने’ भन्दै माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।
बुधवार सन्दीप पक्षधरले उक्त विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनको नाम ‘क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिलाउन सरकारलाई जनदबाब आन्दोलन–२०८१’ राखिएको छ । क्रिकेटर लामिछानेलाई भिसा दिलाउन उनीहरूले दबाब सहित विरोध प्रदर्शन गरेका हुन् ।
आन्दोलनमा सन्दीपले नेपाललाई विश्व क्रिकेटमा चिनाए, भिजा फर सन्दीप लामिछाने, क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० वल्डकप खेल्नबाट वञ्चित गराउने षड्यन्त्र विरुद्ध एकजुट होऔँ र नेपाल र अमेरिका असल मित्र राष्ट्र हो, एकअर्काको सम्मान गरौँ भन्ने जस्ता नाराहरू लगाएका थिए ।
हेर्नुहोस् तस्बिरहरू :

२०८१ जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित








