कृषि र ऊर्जासहित पाँच रूपान्तरणकारी क्षेत्र पहिचान

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत पाँच वटा रुपान्तरणकारी क्षेत्र तोकेको छ । अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसद्का दुवै सदनको संयक्त बैठकमा बजेट पेस गर्दै पाँच वटा रुपान्तरणकारी क्षेत्र निर्धारण भएको बताएका हुन् ।

अर्थमन्त्री पुनका अनुसार कृषि क्षेत्रको रुपान्तरण, ऊर्जा क्षेत्रको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवद्र्धन र उद्यमशीलता तथा औद्योगिक विकासलाई रुपान्तरणकारी क्षेत्रका रुपमा पहिचान गरेको छ ।

सरकारले वार्षिक बजेटमा पनि यी पाँच क्षेत्रलाई प्राथमिकतामा राखी रकम विनियोजन गरेको अर्थमन्त्री पुनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *