शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड बजेट

काठमाडौं । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन गरेको छ ।

मंगलवार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले बजेट विनियोजन गरेका हुन् ।

उनले अपाङ्गमैत्री र सुरक्षित कक्षा कोठा निर्माणको लागि २ अर्ब ५० करोड रकम विनियोजन गरेको बताए ।

उनले १२ कक्षा पूरा गरेका विद्यार्थीहरुलाई सीप र रोजगारीमा आवद्ध गरिने बताए । उनले प्राविधिक धारको शिक्षामा दलित समुदायको पहुँच वृद्धि गर्न गरिब तथा जेहेन्दार छात्रवृद्धि कार्यक्रम सञ्चालन गरिने बताए ।

उनले प्राविधिक शिक्षातर्फ १ अर्ब ५९ करोड विनियोजन गरेको बताए । उनले सरकारले उच्च शिक्षाको लागि २१ अर्ब ४५ करोड विनियोजन गरेको बताए ।

सरकारले २०८१ देखि २०९१ सम्मलाई विज्ञान प्रविधि दशकको रुपमा कार्यान्वयन गर्ने बताए । उनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोन गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *