वन डढेलो नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु : अर्थमन्त्री पुन

काठमाडौँ । सरकारले वन डढेलो नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्था गरेको जनाएको छ ।

अर्थमन्त्री वर्षमान पुनले वन डढेलो नियन्त्रणका लागि उपकरण खरिद र जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकमको व्यवस्था गरिएको बताएका हुन् ।

मंगलवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बोल्दै उनले कार्बन व्यापारबाट प्राप्त रकम जलवायु परिवर्तनले जोखिममा परेका समुदायको राहतमा लागि खर्च गरिने पनि बताए । त्यसैगरी सरकारले वन अतिक्रमण नियन्त्रण तथा वृक्षारोपणका कार्यक्रम सञ्चालन गरी वन विनास तथा क्षयीकरणमा कमी ल्याउने पनि योजना तय गरेको छ ।

अर्थमन्त्री पुनले भने ‘वन डढेलो नियन्त्रणका लागि उपकरण खरिद र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरेको छु । वन अतिक्रमण नियन्त्रण तथा वृक्षारोपणका कार्यक्रम सञ्चालन गरी वन विनास तथा क्षयीकरणमा कमी ल्याइनेछ । कार्बन व्यापार कार्यक्रमलाई निरन्तरता दिन उत्सर्जन न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिनेछ । कार्बन उत्सर्जन न्यूनीकरण तथा वनको दिगो व्यवस्थापनमार्फत घटेको कार्बन उत्सर्जन वा बढेको कार्बन संचितिलाई सरकार आफैँले वा निजी क्षेत्रले राष्ट्रिय वा अन्तर्राष्ट्रिय क्षेत्रमा बिक्री गर्ने व्यवस्था मिलाइनेछ । कार्बन व्यापारबाट प्राप्त रकम जलवायु परिवर्तनबाट सबैभन्दा बढी जोखिममा परेका समुदायको अनुकूलन क्षमता विकासमा उपयोग गरिनेछ । कोशी र कर्णाली प्रदेशको वन कार्बन आँकलन गरी रेड कार्यक्रमलाई निरन्तरता दिइनेछ ।’

अर्थमन्त्री पुनले कोशी र कर्णाली प्रदेशको वन कार्बन आँकलन गरी रेड कार्यक्रमलाई निरन्तरता दिइने जानकारी समेत दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *