घरेलु मदिराको ब्राण्डिङका लागि कानून बनाइने

सरकारले घरेलु मदिराको ब्राण्डिङ गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले घरेलु मदिराको ब्राण्डिङ गर्न आवश्यक कानून बनाउने बताएका छन् ।

यसअघि कोशी प्रदेश सरकारले घरेलु मदिराको ब्राण्डिङ्ग गर्ने नीति लिएको थियो ।

तत्कालीन सामाजिक विकासमन्त्री उषाकला राई हुँदा कोशी प्रदेश सरकारले सो नीति लिएको भए पनि कानूनको अभावमा कार्यान्वयन हुन सकेन ।

संघीय सरकारले घरेलु मदिराको ब्राण्डिङ गर्न कानून बनाउने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *