आईटी क्षेत्रबाट १० वर्षमा ३० खर्बको निर्यात गर्ने लक्ष्य

सरकारले आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्ष मानेको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् ।

उनले सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्बको निर्यात गर्ने पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको बताए ।

आईटी क्षेत्रलाई अर्थतन्त्रको संवाहक रूपमा मानिने र यस क्षेत्रमा नीतिगत स्थायित्व, इन्टरनेट, डाटादेखि वौद्धिक सम्पत्ति संरक्षण प्रदान गरिने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *