गाँजा उत्पादनका लागि कानुन बनाउने सरकारको घोषणा
२०८१ जेठ १५ गते

काठमाडौं । सरकारले गाँजा उत्पादन र बिक्री वितरणका लागि कानुन बनाउने घोषणा गरेको छ । सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताए ।
“औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने छ”, उनले भने ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को सरकारको बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
२०८१ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








