विपद् जोखिम उद्धारसम्बन्धी कानुनको कार्यान्वयनमा समस्या छ : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विपद् जोखिम उद्धारका कानुन कागजमा राम्रो भएपनि व्यवहारमा लागू गर्न समस्या रहेको बताएका छन् ।

सोमवार सिंहदरबारस्थित गृहमन्त्रालयमा मनसुन सम्बन्धी विपद् जोखिम सम्बन्धी सरोकारवालहरूसँगको छलफलमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले यस्तो बताएका हुन् । उनले जोखिम उद्धार सम्बन्धी कानुनहरू कागजमा राम्रो भएपनि व्यवहारमा कार्यान्वयन गर्न समस्या रहेको भन्दै सहज बनाउन आवश्यक रहेको बताए । उनले विपद् आउँदा समन्वय र सहजिकरण गर्ने काम पहिलो पङ्तिमा रहेर नेपाल प्रहरीले गरिरहेको बताए ।

उनले प्रहरी परिचालनको हकमा १२५ जना विपद् व्यवस्थापन महाशाखाबाट आवश्यकता अनुसार त्यसलाई पनि परिचालन गर्ने गरेको बताए । उनले प्रदेश स्तरमा १२५ जना र जिल्ला स्तरमा २५ जनाको युनिटलाई जोखिम उद्धार परिचालन गर्ने गरिएको बताए । उनले जिल्ला तहमा प्रहरीमा पनि विज्ञ उद्धार टोलीको अभाव रहेको बताए । उनले विपद्मा तत्काल घरेलु किसिमका उद्धारमा प्रयोग हुने घरेलु औजारहरू मात्रै रहेको गुनासो गरे ।

उनले भने ‘विपद् जोखिम उद्धारको लागि कागजमा राम्रो छौं तर त्यसलाई व्यवहारमा लागू गर्न समस्या छन् । पहिलो पङ्तिमा नेपाल प्रहरी भएकाले विपद् आउँदा त्यसलाई समन्वय र सहजिकरण गर्ने काम प्रहरीले गर्छ । मनसुनको बेला आउँछ समस्या आउँछन् । विगतमा जोखिम आउँदा प्रहरीका ड्राइभर नै बसेर रातभरि काम गरेका थियौँ । प्रहरी परिचालनको हकमा १२५ जनाको विपद् व्यवस्थापन महाशाखा छ । आवश्यकताअनुसार त्यसलाई पनि परिचालन गर्ने गरेका छौं । प्रदेश स्तरमा १२५ जनाको जोखिम उद्धार टोली छ त्यसलाई पनि परिचालन गर्नसक्छौ । जिल्ला स्तरमा २५ जनाको युनिट छ । तर त्यहाँ विपत उद्धार विज्ञता भएका स्पटिज छैन । विपद्को सूचना र तत्काल घरेलु किसिमका उद्धारमा प्रयोग हुने घरेलु औजारहरू मात्रै छन् । त्यसलाई प्रयोग गरेको अवस्था छ । सुरक्षा फौज बाहेक तत्काल विपद्मा खट्ने बाहेक अरु सहयोगका अवस्था छैन । धेरै पटक अन्य सहयोग जुटाउन खोज्दा पनि सहयोग प्राप्त भएको छैन । जोखिम क्षेत्र थाहा भएपनि सूचना दिएर व्यवस्थापन गर्न सकिएको छैन । त्यो कुरा गर्न सकियो भने समस्या छैन । हामी सहजिकरण,समन्वय र तत्काल उद्धार गर्ने हकमा काम गरिरहेका छौं ।’

उनले सुरक्षा फौज बाहेक तत्काल विपद्मा खट्ने बाहेक अरु सहयोगका अवस्था अहिलेसम्म नभएको बताए । उनले धेरै पटक अन्य सहयोग जुटाउन खोज्दा पनि सहयोग प्राप्त नभएको उल्लेख गरे । उनले नेपाल प्रहरीले जोखिमको सहजिकरण,समन्वय र तत्काल उद्धार गर्ने काम गर्दै आएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *