कोशीको ढोका खोल्ने विषयमा दुवै देशबीच समन्वय गर्न जरुरी : महानिरीक्षक अर्याल

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक राजु अर्यालले मनसुनजन्य डुबान रोक्नको लागि कोशीको ढोका खोल्ने विषयमा नेपाल—भारतबीच समन्वय गर्न जरुरी रहेको बताएका छन् ।

सोमवार सिंहदरबारस्थित गृह मन्त्रालयमा मनसुन सम्बन्धी विपद् जोखिम सम्बन्धी सरोकारवालहरूसँगको छलफलमा बोल्दै महानिरीक्षक अर्यालले यस्तो बताएका हुन् । उनले सिँचाइ, स्वास्थ्य र परराष्ट्र सचिवस्तरीय दुवै देशबीच समन्वय गरी कोशीमा ३ मिली क्युसेक भन्दा माथि पानी पुगेपछि कोशीको ढोका खोल्ने गरी समझदारी समयमा नै गर्नु जरुरी रहेको बताए ।

उनले दुवै देशबीच कोशी ब्यारेजको ढोका खोल्ने समझदारी नहुँदा तराईमा धेरै डुबानमा परेर मानिसहरूले ज्यान गुमाउनुपर्ने अवस्था आएको उल्लेख गरे । उनले अहिलेसम्म दुवै पक्षबीच समन्वय र समझदारी नदेखिएको बताए । महानिरीक्षक अर्यालले त्यसको समन्वय परराष्ट्र मन्त्रालयले गर्न आवश्यक रहेको बताए । उनले बाढी पहिरो जस्ता जोखिमको उद्धारको लागि हेबी इक्युमेण्टहरु सरकारसँग भएपनि सुरक्षा निकायहरूसँग जोडिन नहुने बताए ।

उनले हेबी सवारी साधनहरू सुरक्षा निकायलाई दिए उद्धारमा आफैँ सवारी चालक राखेर सञ्चालन गर्ने बताए । उनले बाढी पहिरोको कारण काठमाडौं आउने मुख्य राजमार्ग दुई दिनसम्म बन्द हुने अवस्था आउन दिनेगरी सहजिकरण गर्ने तयारी गर्न आवश्यक रहेको बताए ।

उनले भने ‘सिँचाइ, स्वास्थ्य र परराष्ट्र सचिवहरूले कोशीमा ३ मिली क्युसेक पानी आउँदा यति वटा ढोका खोल्ने भन्ने भनेर दुवै देशका प्रतिनिधि बसेर दुवै पक्ष तत्काल कुराकानी गर्नुपर्छ । त्यसो गरेपछि भारतका पनि जनता एउटै हुन् । त्यो खालको हामीमा छैन । तर त्यो परिसकेपछि त्यो खोल्छ । त्यहाँको पालले उता खोल्छ । समन्वय कोही गर्दैन फोन नउठाएर माग्छन् । धेरै मान्छेहरू त्यसरी डुबेर मरेका अवस्था छ ।

यो समन्वय परराष्ट्र मन्त्रालयले गर्न आवश्यक छ । हेपी इक्युमेण्टहरु भौतिक मन्त्रालयसँग छ भनिन्छ तर सुरक्षा निकायहरूसँग टच नै हुँदैन । हेबी सवारी साधनहरू सुरक्षा निकायलाई दिए मिलाएर हामी चलाउँला नभए पनि उहाँहरूको ड्राइभरसँगै बसेर पनि त्यहाँ जान सकिन्छ । काठमाडौं आउने मुख्य राजमार्ग दुई दिनसम्म बन्द भयो भने राम्रो प्रभाव पर्दैन । मुख्य राजमार्ग एक घण्टा भन्दा बढी बन्द गर्दै नगर्ने । प्रत्येक जिल्लामा कम्तीमा दुई दिनलाई पुग्ने खाद्यान्न लगायतका वस्तुहरू मौज्दात राख्ने व्यवस्था गर्नुपर्छ ।

सुरक्षा निकायले तत्काल काम गर्नुपर्ने हुन्छ तर मन्त्रालयको आदेश लगायत समन्वय बिना काम गर्न समस्या हुन्छ । प्रमुख जिल्ला अधिकारीहरूको कोषमा धेरै पैसा छ तर खर्च भएको छैन । एक रुपैयाँ पनि कतै खर्च हुँदैन । तत्काल खर्च गर्ने मन्त्रालयले आदेश दिनुपर्छ । अहिले ६ अर्ब रकम रहेछ ।’

उनले प्रत्येक जिल्लामा कम्तीमा दुई दिनलाई पुग्ने खाद्यान्न लगायतका वस्तुहरू मौज्दात राख्ने व्यवस्था गर्नुपर्ने बताए । उनले प्रमुख जिल्ला अधिकारीहरूको कोषमा ६ अर्ब बढी पैसा भएको तर खर्च नभएको भन्दै तत्काल खर्च गर्ने मन्त्रालयले आदेश दिन माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *