टर्कीमा सवारी दुर्घटना : १० जनाको मृत्यु, ३९ घाइते

एजेन्सी । दक्षिणी मेर्सिन प्रान्त टर्किएमा आइतबार भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु हुनुका साथै अन्य ३९ जना घाइते भएको गृहमन्त्री अलि येर्लिकायाले जानकारी दिएका छन् ।

मेरसिनको भूमध्यसागरीय सहर नजिकैको टार्सस जिल्लामा एउटा इन्टरसिटी यात्रुवाहक बस, ट्रक र कारहरू चेन दुर्घटनामा परेका थिए । वर्षाका कारण बस चिप्लिएर दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *