गाजाको रफाहस्थित शिविरमा इजरायली आक्रमण : ४० जनाको मृत्यु

एजेन्सी । गाजा पट्टीको उत्तरपश्चिमी सहर रफाहमा आइतबार साँझ इजरायलले पालमा गरेको आक्रमणमा कम्तीमा ४० व्यक्तिको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको प्यालेस्टिनी आधिकारिक समाचार संस्था वाफाले जनाएको छ ।

इजरायली आक्रमणले प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघको राहत र कार्य एजेन्सी इन द नेयर इस्टको गोदामहरू नजिकै हजारौं विस्थापित मानिसहरूले भरिएको क्षेत्रमा आक्रमण गरेको थियो । अप्ठ्यारो भू–भागका कारण शव निकाल्न सिभिल डिफेन्स र एम्बुलेन्स टोलीलाई निकै बाधा पर्ने गरेको स्रोतले जनाएको छ ।

प्यालेस्टिनी सुरक्षा स्रोतहरूले गाजाको भीड भएको क्षेत्रलाई इजरायली सेनाले हमला अघि सुरक्षित क्षेत्रको रूपमा वर्गीकृत गरेको थियो । आइतबार राति जारी गरेको विज्ञप्तिमा हमासले बम विस्फोटलाई रफाह विरुद्धको आक्रामकता रोक्न माग गर्ने अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) को निर्णयको पूर्ण अवहेलना भनेर आलोचना गरेको छ ।

इजरायलले रफाहलाई हमासको अन्तिम गढ मानेको छ । जसले गाजा पट्टीलाई सन् २००७ देखि नियन्त्रण गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *