सिरोहियालाई अस्पतालबाट अदालत उपस्थित गराइँदै

जनकपुर । नागरिकता कीर्ते आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले आज तेस्रो पटक म्याद थपका लागि अदालत लैजाने तयारी गरेको छ ।

जेष्ठ ८ मा पक्राउ परेका सिरोहियालाई अनुसन्धान गर्न प्रहरीले धनुषा जिल्ला अदालतबाट दुईपटक ३/३ दिन गरी ६ दिनको म्याद लिएको थियो । दोस्रो पटक म्याद थपेकै दिन सिरोहिया अस्पताल भर्ना भएका थिए ।

अहिले उनी जनकपुरधामकै सुविधा सम्पन्न काव्या अस्पतालमा उपचाररत छन् । उनलाई अस्पतालबाटै अदालत लैजाने प्रहरीको तयारी छ ।

उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या देखिएकाले सिरोहिया अस्पताल लगिएको थियो । सुरुमा उनलाई प्रादेशिक अस्पताल लग्दा त्यहाँका चिकित्सकले उनको अवस्था नर्मल रहेको बताएका थिए । तर सिटी स्क्यानको बहानामा उनलाई रेफर गराइयो र, काव्या अस्पताल पुर्‍याइएको थियो ।

प्रहरीको निगरानीमा अस्पतालमा रहेका सिरोहियालाई भेट्न सञ्चारकर्मीलाई समेत जान दिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *