सरकार संसदमा रस्साकस्सी गर्ने पक्षमा छैन : माओवादी केन्द्र

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले आर्थिक वर्ष २०८१÷०८२ को बजेट संसदमै पेश हुने बताएका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पौडेलले जेठ १५ गते आर्थिक वर्ष २०८१÷०८२ को बजेट संसदमै पेश हुने बताएका हुन् ।

उनले मंगलवारसम्ममा सहमतीको बिन्दु खोजेर बजेट संसदबाटै ल्याइने बताए । उनले सहकारी पीडितहरु आफ्नो वचत रकम फिर्ताको माग गर्दै आन्दोलन गर्न थालेका भन्दै सबै सहकारी पीडितले न्याय पाउनेगरी संसदीय छानविन समिति बनाउनुपर्ने बताए ।

उनले गृहमन्त्री मात्रै नाम तोकेर नभइ सबै सहकारीको छानविन गर्नेगरी समिति बनाउन सरकार तयार रहेको बताए । उनले अहिलेसम्म गृहमन्त्रीको नाम राख्ने कि नराख्ने भन्नेमा नै कुरा अड्किएको बताए ।
उनले भने – ‘सहकारी पीडित अरुले पनि हाम्रो पैसा फिर्ता हुनुप¥यो भनेर कुरा उठाएको हुनाले ति नागरिकहरुको पनि न्याय हुनेगरी । गृहमन्त्रीमाथि उठेको प्रश्नको प्रसंग सँगै ति माग गरेका नागरिकको पनि न्याय हुनेगरी संसदीय समिति बनाउनलाई सरकार तयार छ । पर्सि सहमतीको बिन्दु खोजेर, नारा जुलुसको बिचबाट होइकन कि, बिरोध, असहमतीको बाजबुद पनि नाराजुलुश लगाएर रोकेर होइन । सहमतीद्वारा बजेट ल्याउनको निम्ति आग्रह । बजेट यहीँ पेश हुन्छ । जबर्जस्ती त उहाँहरुले(कांग्रेसले) गर्नु भएन नि त । गृहमन्त्रीको नाममा अड्कियो । एउटा नामको कुरा होइन । सहकारी पीडित त धेरै छन् नि । सरकार अडान लिएर रस्साकस्सी गर्ने पक्षमा छैन । पर्सिसम्म सहमती गर्छ ।’

उनले सरकार संसदमा रस्साकस्सी गर्ने पक्षमा नभएको बताए । उनले सरकारले प्रतिपक्षलाई नपेलेको पनि जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *