सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सत्ता गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख र अनुदारवादी रहेको बताए ।

उनले अहिलेको रवैयाले प्राप्त गरेको उपलब्धि गुमाउने खतरा कायम रहेको बताए । उनले प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र रहेको भन्दै प्रेसलाई अंकुश लगाउने काम गर्न नहुने बताए ।

उनले प्रतिपक्षलाई संसदमा नियन्त्रण र बाहिर प्रश्नलाई नियन्त्रण गर्ने राम्रो नरहेको बताए ।

महामन्त्री थापाले नेपाली काँग्रेसले अहिले लिएको अडान आम सर्वसाधारण नागरिसँग जोडिएको बताए ।

उनले भने– ‘प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र हो । प्रेसले प्रश्न उठाउन छोड्यो भने, त्यसले त्यहाँ भित्रबाट आफ्नो दुविधाहरु राख्न छोड्यो भने डेमोक्रेसी त म¥यो । त्यसैले कन्टेनमाथि सत्ताले कन्ट्रोल गर्नु हुँदैन । प्रतिपक्षलाई संसदमा नियन्त्रण गर्ने, बाहिर प्रश्नलाई नियन्त्रण गर्ने । यो प्रयोग भइरहेको छ । मेरो बारेमा के लेख्यो भन्ने आधारमा मिडियालाई नियन्त्रण गर्न थाल्यो भने कहाँ पुग्छौँ हामी । नेपाली काँग्रेसले अहिले लिएको पोजिसन प्रकारान्तले तपाईंहरुसँग जोडिएको छ । किनभने तपाईं आज माईतीघरको मण्डलामा उभिएर एक जना निहत्था नागरिकले प्रश्न गर्न पाउनुपर्छ । हाम्रो बिरोध प्रदर्शन जुन सत्ताले रवैया देखाइरहेको छ, निरंकुशता उन्मुख रवैया हो यो । यो जुन खालको गठजोड छ, यो गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख छ, अनुदारवादी छ । यसले बिस्तारै बिस्तारै तपाईं हामीले प्राप्त गरेको उपलब्धि गुमाउनेछौँ । अहिले बोल्ने बेला आएको छ ।’

महामन्त्री थापाले सरकारलाई झक्झक्याउने समय आएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *