गृहमन्त्री लामिछानेका कारण नाक देखाउने ठाउँ रहेन : ज्ञानबहादुर शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउन बाटो खुल्ला गर्न गृहमन्त्रीलाई आग्रह गरेका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले गृहमन्त्री रवि लामिछानेलाई संसदीय छानविन समिति बनाउन बाटो खुला गर्न आग्रह गरे ।

उनले छानविन समिति बनाउने सन्दर्भमा गृहमन्त्रीले नेतृत्व गर्नुपर्ने बताए । उनले छानविन समिति बनाउँदैमा दोषि र निर्दोष नहुने भन्दै निर्दोष भएमा पुनः गृहमन्त्रीको रुपमा आउन सकिने पनि बताए ।

उनले नयाँ दलहरु पुरानो दलको विकल्पको रुपमा आएका भन्दै सहकारी प्रकरणले नयाँ शक्तिहरुले पनि नाक देखाउने ठाउँ नरहेको बताए ।

उनले भने – ‘प्रतिपक्षमा एउटा बोली आज सरकारमा अर्को बोली गर्ने हो भने म गृहमन्त्रीलाई भन्न चाहन्छु तपाई हामीलाई हेर्नुस्, जनताले हामीलाई भोट यिनै पुराना दलले काम गरेनन् भनेर यिनीहरुको विकल्पमा हालेको भोट हो । गृहमन्त्रीज्य छानविन समिति बनाउन दिनुस् । खुला गरिदिनुस् । दोषि भए कारबाही होला । निर्दोष भए तपाई फेरी यही संसदमा गृहमन्त्रीको रुपमा अगाडी आउनुहोला । तपाईलाई कसले रोक्न सक्छ ? छानविन समिति बनाउँदैमा दोषि र निर्दोष भन्ने कुरा हुँदैन । तर आज हामी नयाँ शक्तिहरुले पनि नाक देखाउने ठाउँ रहेन । के फरक भयो ? हामी एकछिन इतिहास सम्झौँ त । के थियो हाम्रो पार्टी संगठन ? कुन ठाउँमा हामी थियौँ ? जनताले यि पुराना दलहरुले गर्न सकेनन् । विकल्पको रुपमा उहाँहरु जानुपर्छ भनेका हुन् । तर अहिले संसद बाधक बनेको छ । छानविन समिति आवश्यक छ । गृहमन्त्रीज्युलाई भन्छु, अस्ति यहाँनिर बस्दाखेरी गरेको बोली आज त्यहाँनिर बस्दाखेरीको बोली फरक हुनु भएन । छानविन समिति बनाउनुप¥यो । गृहमन्त्रीले यसको नेतृत्व गर्नुप¥यो । छानविन समिति बनाउनुपर्छ । जनतालाई न्याय दिनुपर्छ ।’

उनले प्रतिपक्षमा हुँदा एउटा बोली र सत्तामा हुँदा अर्को बोली नगर्न पनि गृहमन्त्रीलाई आग्रह गरे ।

नेपाली कांग्रेको नाराबाजीको बिच प्रतिनिधि सभा बैठक चलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *