रवि लामिछानेको नाम नै किटान गरेर छानबिन समिति बन्नुपर्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सहकारीको रकम अपचलन प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गरेर जानुपर्ने अडान लिएको छ ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा कांग्रेसले उक्त अडान कायमै राखेको हो ।

‘नेपाली काँग्रेसले रवि लामिछानेको नाम नै राखेर छानबिन समिति बनाउनुपर्छ भन्ने अडान छ, उहाँहरुलाई हामीले यदी रवि लामिछानेको नाम नराख्दै गर्दा कस्तो किसिमको प्रश्ताव गर्नुहुन्छ सरकार पक्षले भनेर पर्खिरहेका हौँ’, काँग्रेस सांसद जीवन परियारले भने,‘उहाँहरु यसमा ठिक ठाउँमा हुनुहुन्न । सरकार पक्ष छानबिन गर्ने ठाउँमा आउनुभएको छैन ।’

प्रधानमन्त्री सहकारी प्रकरणबारे छानबिन समिति गठन गर्न र अहिलेको गतिरोध हटाउन सकारात्मक देखिएकोसांसद परियारले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + five =