प्रदर्शनको तेस्रो दिन शनिवार ‘पुजार सार्की’ झन् आक्रामक, दर्शक भेट्न हलमा कलाकार

काठमाडौँ । बिहीबार बुद्ध जयन्तीको दिनदेखि प्रदर्शनमा आएको चलचित्र ‘पुजार सार्की’ले पहिलो दिन नै ‘ग्रान्ड ओपनिङ’ गरेको थियो । दोस्रो दिन शुक्रवार सार्वजनिक बिदा नभएता पनि चलचित्रले सुखद व्यापार कायम राख्यो । तेस्रो दिन शनिवार चलचित्रको व्यापारमा अझै आक्रामक व्यापार देखिएको छ ।

शनिवार बिहानै देखि देशभरका सबै हलमा हाउसफुल व्यापार देखिएको छ । दोस्रो शो हरूमा पनि उल्लेखनीय व्यापार देखिएको छ भने मध्यान्हदेखिका प्रायः शो हाउसफुल भैरहेको वितरक रोहित कट्टेलले बताए । शनिवार दिनभर ‘पुजार सार्की’का कलाकारहरू हल भिजिटमा हिँडिरहेका छन् । बिहानी शो मा भक्तपुरको क्यूएफएक्स सिनेमाजमा पुगेका कलाकारहरू त्यसपछि एफक्युब सिनेमा, चाबहिल पुगेका थिए ।

मध्यान्हमा बिग सिनेमा, कमलपोखरी र अष्टनारायण हल, बालाजुमा पनि चलचित्रको टिमले सहभागिता जनाउने छ । त्यस्तै, शनिवार नै फाइनल रहेको चर्चित रियालिटी शो ‘पोएट आइडल’मा पनि कलाकारहरू पुग्नेछन् । त्यहाँ अभिनेता प्रदीप खड्काले कविता सुनाउने कार्यक्रम रहेको निर्देशक दिनेश राउतले बताए ।

नेपालका तीन सुपरस्टारहरूले एकसाथ अभिनय गरेको यो चलचित्रबाट नेपाली चलचित्रका दर्शकहरूमाझ व्यापक क्रेज हलमा फर्किएको छ । कलाकारहरू हल पुग्दा थामिनसक्नु भिड देखिएको छ ।

विकास सुवेदीले लेखेको यो चलचित्रका निर्माता सुवास भुसाल हुन् । यसमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय रहेको छ । चलचित्रले जातीय विभेदको विषयमा ठुलो प्रश्न खडा गरेको छ । चलचित्रलाई देशभरका दर्शकले अत्यधिक मन पराइरहेको रिपोर्टहरू प्राप्त भएका छन् । ओभरसिजमा पनि ‘पुजार सार्की’ले आक्रामक व्यापार सहित उत्कृष्ट प्रतिक्रिया मिलिरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *