‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख

काठमाडौँ । दोस्रो संस्करणको टेलिभिजन रियालिटी शो ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु भएको छ ।

शुक्रवार काठमाडौँमा एक कार्यक्रमबिच यसबारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा दोस्रो संस्करणका रूपमा दामी मिडियाले ल्याउने तयारी गरिरहेको जनाइएको छ ।

पहिलो सिजनको विजेताका रूपमा भाईबर साइमनले उपाधि हात पारेका थिए । उपविजेता जेनिश क्षेत्री थिए ।

विजेताले १० लाख पुरस्कार, विदेशमा प्रस्तुतिको अवसर पाउनेछन् । उपबिजेताले नगद ५ लाख रुपैयाँका साथै विदेशमा प्रस्तुतिको अवसर पाउनेछ ।

डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने बताइएको छ । ३२ एपिसोडसम्म प्रसारण गरिने नेपहपको श्रीपेच –२ को कन्सेप्ट तथा डिजाइन सुदीप पोखरेलले गरेका हुन् ।

यो रियालिटी शोका निर्देशक निकेस खड्का हुन् । अघिल्लो संस्करणमा मानस घले, गिरिश खतिवडा र बालेन शाह निर्णायक रहेकोमा यो सिजनमा भने मानस घले, गिरिश खतिवडाको साथमा महेश तामाङ दोङ रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *