नेपालमा भेटियो ‘केपी.१’ र ‘केपी.२’ नामक कोरोनाको नयाँ भेरियन्ट

काठमाडौं । नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको नयाँ सब भेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जेठ २ मा विभिन्न ४२ वटा नमूनाको जिन स्क्विेन्सिङ्ग गर्दा १२ वटामा केपी.१ र १७ वटामा केपी.२ सब भेरिएन्ट पुष्टि भएको जनाएको छ ।

प्रयोगशालाका सूचना अधिकारी कृष्ण प्रसाद जैसीका अनुसार विश्व स्वास्थ्य सङ्गठनले केपी.२ नामक सब भेरिएन्टको बारेमा थप अध्ययन अनुसन्धान भइरहेको बताएको छ ।

जैसीले हालसम्म केपी.१ र केपी.२ बढी सङ्क्रामक भएको वा मृत्यु गराएको प्रमाण फेला नपरेकाले आत्तिनुभन्दा पनि सावधानी अपनाउन आग्रह गरे ।

ओमिक्रोनको यो सब भेरिएन्ट हालसम्म भारत, सिङ्गापुर, अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *