‘फर्की फर्की’को प्रिमियरपछि कलाकारको प्रतिक्रिया- ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’

काठमाडौँ । नेपाली चलचित्र ‘फर्की फर्की’को प्रिमियर भएको छ ।

बुधवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर सो सम्पन्न भएको हो । प्रिमियर शोपछि रंगपत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र धेरै नै राम्रो रहेको र विशेष गरी चलचित्रका प्राविधिक पक्षहरू झनै उत्कृष्ट रहेको बताए ।

उनले चलचित्रमा अभिनेता अनमोल केसी र जसिता गुरुङको अभिनय उत्कृष्ट रहेको बताए । निर्देशन पक्ष एकदमै सबल रहेको र सिनेमा हेर्दा आफूलाई कोरियन सिनेमा हेरेको जस्तो अनुभूति भएको बताए । उनले नेपालको आधुनिक सहरीकरण गरिएको जस्तो चलचित्र हेरेको महसुस भएको बताए ।

अभिनेता किरण केसीले चलचित्र अन्य भन्दा फरक र राम्रो लागेको बताए । निर्देशन, छायांकन निकै राम्रो रहेको र विषयवस्तु पनि त्यत्तिकै उत्कृष्ट रहेको बताए । उनले आम मानिसले अनमोलले अभिनयमा केही कमजोरी गर्ने गर्छ भन्ने छापलाई चलचित्र फर्की फर्कीले चिर्ने बताए । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सबै कलाकारहरूको अभिनय उत्कृष्ट रहेको बताए ।

चलचित्र कस्तो छ भन्नेकुरा दर्शकहरूले मूल्याङ्कन गर्ने कुरा भएको बताए । अभिनेत्री वसुन्धरा भुसालले चलचित्र धेरै नै राम्रो रहेको र नयाँ पुस्ताका लागि झनै राम्रो रहेको बताइन् । उनले सबै दर्शकहरूले चलचित्र हेरिदिन आग्रह गरिन् । अभिनेता रमेश उप्रेतीले चलचित्र फरक किसिमको रहेको र कलाकारहरूको अभिनय पनि राम्रो रहेको बताए । अभिनेता केदार घिमिरेले चलचित्र फर्की फर्की धेरै बेग्लै किसिमको रहेको र धेरै नै राम्रो रहेको बताए ,।

अभिनेत्री सुरक्षा पन्तले चलचित्र धेरै नै राम्रो रहेको बताइन् । उनले नयाँ खालको आइडियामा चलचित्र बनाउनु पनि उत्कृष्ट रहेको बताइन् । अभिनेता दीपकराज गिरीले चलचित्र फर्की फर्की खर्चालु सिनेमा रहेको र मन खोलेर चलचित्र निर्माणका लागि खर्च गरिएको बताए । चलचित्रमा अनमोलको अभिनय सबैभन्दा राम्रो रहेको बताए । चलचित्रको विषय यसअघि नेपाली सिनेमा प्रस्तुत नगरिएको बताए ।

अभिनेत्री झर्ना थापाले चलचित्र नयाँ विषयवस्तुमा बनेको बताइन् । चलचित्रमा अनमोलको अभिनय उत्कृष्ट रहेको बताइन् । अभिनेत्री दीपाश्री निरौलाले चलचित्र अहिलेका चलचित्रहरू भन्दा धेरै नै फरक रहेको बताइन् । चलचित्र रमाइलो र अनमोलको यस किसिमको अभिनय उत्कृष्ट रहेको बताइन् । अभिनेत्री नीति शाहले चलचित्र निकै राम्रो लागेको बताइन् ।

अभिनेता सलोन बस्नेत र सलिनमान बानियाँले पनि चलचित्र उत्कृष्ट रहेको प्रतिक्रिया दिए । सिनेमा फ्रेस रहेकाले सबैले मन पराउने बताए । अभिनेत्री वर्षा शिवाकोटीले चलचित्र सुरुदेखि अन्तिमसम्म नै रमाइलो रहेको बताइन् । अभिनेता सुशील श्रेष्ठले चलचित्र धेरै नै फरक र राम्रो रहेको बताए । अभिनेत्री निता ढुंगाना र अभिनेता हरिहर शर्माले चलचित्रमा निर्माता र निर्देशकहरुले लोभ नगरीकन खर्च गरेको र फिल्म उत्कृष्ट बनेको बताए ।

चलचित्रमा सबैकुरा नयाँ रहेकाले पनि राम्रो रहेको बताए । अभिनेता अनमोल केसीले आफ्नै चलचित्रको प्रिमियरमा आफैँले सिट नपाएर बाहिर बसेको बताए । अभिनेत्री जसिता गुरुङले चलचित्र कस्तो रहेछ भन्नेबारेमा सबैले प्रतिक्रिया दिन आग्रह गरिन् ।

चलचित्र फर्की फर्कीलाई सुयोग गुरुङले निर्देशन गरेका छन् । सुयोगकै कथा एवं पटकथा रहेको फिल्मको निर्मातामा ओमप्रकाश अग्रवाल हुन् । मनोज वली र रामु न्यौपाने सहनिर्माता, अरुण रिजाल एसोसियट निर्माता रहेको फिल्ममा मोती कार्की र अनिरूद्र गिरी कार्यकारी निर्माता छन् । नरेन्द्र मैनालीको डिओपी रहेको फिल्मको सम्पादक सुरेन्द्र पौडेल हुन् । काफिया फिल्मस र कुबेर फिल्मले ‘फर्की फर्की’ लाई वितरण गर्नेछन् । फिल्ममा केसीसँगै जसिता गुरुङ, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको अभिनय रहेको छ । लभस्टोरी फिल्म बुद्ध जयन्तीको अवसर पारेर जेठ १० गते (आज) देखि प्रदर्शनमा आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *