गृहमन्त्री लामिछानेको निर्देशन– ‘नागरिकले महसुस गर्नेगरी सेवा प्रवाह गर्नू’

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकले महसुस गर्नेगरी सरकारी सेवा प्रवाह गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् ।

बुधवार मकवानपुरको हेटौँडामा बसेको बागमती प्रदेशको सुरक्षा समितिको बैठकमा सहभागी हुँदै गृहमन्त्री लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।

उपप्रधान एवं गृहमन्त्री लामिछानेको भनाइ उद्धृत गर्दै गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईलेसरकारी सेवा प्रवाह नतिजामुखी र नागरिकले महसुस गर्नेगरी व्यवस्थापन गर्न निर्देशन दिएको बताए । उनले गृहमन्त्री लामिछानेले शान्ति सुरक्षा र अपराध नियन्त्रणको कामहरूमा बढी जोड दिन पनि निर्देशन गरेको बताए ।

उनले भने ‘शान्ति सुरक्षा र अपराध नियन्त्रणको कामहरूका बारेमा पनि छलफल भएको छ । गृह मन्त्रालयले विकास निर्माणका काममा आवश्यक समन्वय र सहजीकरण गर्ने, सेवा प्रवाहमा आवश्यक समन्वय, सहजीकरण र नियमन गर्ने, सुशासन प्रबन्धनमा सहयोग गर्ने, नागरिकको गुनासा सुन्ने र त्यसलाई सम्बोधन गर्ने लगायतका काम हुन्छन् । नागरिकले महसुस गर्नेगरी र नतिजामुखी भएर काम र सबै क्षेत्रमा सुधार गर्न उहाँले निर्देशन दिनुभएको छ ।’

उनले उपप्रधानमन्त्री लामिछानेले विकास निर्माणका काममा आवश्यक समन्वय र सहजीकरण गर्ने, सेवा प्रवाहमा आवश्यक समन्वय, सहजीकरण र नियमन गर्ने, सुशासन सम्बन्धमा सहयोग गर्ने, नागरिकको गुनासा सुन्ने र त्यसलाई सम्बोधन गर्नेमा बढी जोड दिन आग्रह गरेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *