सरकारी अस्पतालको सेवा सुधार गरेर देखाउँछु : स्वास्थ्यमन्त्री (भिडिओ)

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सबै सरकारी अस्पतालहरूको सेवामा सुधार ल्याउने बताएका छन् ।

बुधवार अपरान्ह स्वास्थ्य सचिव डा. रोशन पोखरेलसहित वीर अस्पतालको सबै शाखाको अनुगमन गरेपछि सञ्चारकमीमाझ उनले सो प्रतिक्रिया दिएका हुन् ।

उनले आफूले वीर अस्पतालबाट सरकारी अस्पतालहरूको अनुगमनको काम शुरु गरेको उल्लेख गर्दै सबै अस्पतालहरूको अनुगमन गरी सुधार गर्ने दृढता व्यक्त गरे ।

त्यस क्रममा मन्त्री यादवले समयमै आफ्नो ड्युटीमा नआउने चिकित्सकहरूलाई तत्काल कारबाही गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए । त्यस क्रममा उहाँले तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सो अस्पतालबाट धेरै जनशक्ति हटाएको विषयमा चासो व्यक्त गर्दै त्यसबारे पनि खोजी गर्ने बताए ।

मन्त्री यादवले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन पनि वीर अस्पतालको व्यवस्थापनलाई सचेत गराए । मन्त्री यादवसहितको टोलीले अस्पतालको आकस्मिक सेवा, सर्जरी सेवा, फार्मेसी सेवालगायतको अनुगमन गरेको हो ।

त्यस अवसरमा मन्त्री यादवलाई अस्पतालका उपकुलपति प्रा.डा भूपेन्द्रकुमार बस्नेतलगायतका पदाधिकारीहरूले अस्पतालको सेवाको अवस्था र त्यसका लागि प्रबन्ध गर्नुपर्ने व्यवस्थाका विषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *