विद्यालय गएका बालक जेठ ७ गतेदेखि बेपत्ता

महोत्तरी । जलेश्वर नगरपालिकाको– १२, थरुवाही गाउँबाट विद्यालय गएका गौतम यादव जेठ ७ गतेदेखि बेपत्ता छन् ।

थरुवाही गाउँ बस्ने बुवा आशुतोष यादव र आमा पुनम यादवका छोरा बिहान करिब ६ बजे घरबाट जलेश्वर नगरपालिका–२ मा अवस्थित एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डिङ स्कुलमा पढ्न गएदेखि घर फर्केका छैनन् ।

कक्षा चारमा पढ्ने गौतम त्यस दिन विद्यालय पोसाक, झोला र चारथान कापी बोकेर साइकलबाट विद्यालय गएका थिए ।

जेठ ८ गते खोजतलाशका लागि बाबु आशुतोष यादवले लिखित निवेदन दिएपछि प्रहरीले बालक गौतमको खोजतलाश गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =