नेपालको पहिलो ओटीटी लाइसेन्स लिने ओटीटी बन्यो डिगो

काठमाडौं । डिशहोम डिजिटल प्रा.लि. अन्तर्गत सञ्चालित डिगो ओटीटीले आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकार प्राप्त गर्दै नेपालको डिजिटल मनोरञ्जन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बनाएको जनाएको छ । कम्पनीले यस उपलब्धिले डिगो ओटीटीलाई विश्वसनीय तथा सक्षम डिजिटल स्ट्रिमिङ प्लेटफर्मका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको बताएको छ ।

सदस्यतामा आधारित डिजिटल स्ट्रिमिङ प्लेटफर्म डिगो ओटीटीमार्फत चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, प्रत्यक्ष प्रसारण, खेलकुद, वृत्तचित्र तथा बाल सामग्रीलगायत विविध डिजिटल मनोरञ्जन सामग्री दर्शकमाझ आधिकारिक र सुरक्षित माध्यमबाट उपलब्ध गराइँदै आएको छ ।

कम्पनीका अनुसार डिशहोम डिजिटल प्रा.लि.सँग रहेको आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारले अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिजिटल सामग्री वितरण गर्ने कम्पनीको क्षमता, विश्वसनीयता र दीर्घकालीन प्रतिबद्धतालाई थप पुष्टि गरेको छ । यसले नेपाली ओटीटी प्लेटफर्मलाई विश्वव्यापी डिजिटल मनोरञ्जन बजारसँग जोड्ने आधारसमेत तयार गरेको कम्पनीको दाबी छ ।

यसैबीच, डिशहोम डिजिटल प्रा.लि.ले नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागबाट प्रचलित राष्ट्रिय प्रसारण नियमावलीअनुसार ओटीटी प्रसारण सेवाका लागि आवश्यक प्रसारण इजाजतसमेत प्राप्त गरेको जनाएको छ ।

कम्पनीले उक्त इजाजतले नेपालको कानुनी तथा नियामकीय व्यवस्थाअनुरूप आधिकारिक रूपमा ओटीटी सेवा सञ्चालन गरिरहेको तथ्यलाई थप सुदृढ बनाएको उल्लेख गरेको छ ।

डिशहोम डिजिटल प्रा.लि.का अनुसार आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारसहित सञ्चालन हुनु नेपाली डिजिटल मनोरञ्जन उद्योगका लागि महत्वपूर्ण उपलब्धि हो ।

यसले कम्पनीलाई अन्तर्राष्ट्रिय डिजिटल सामग्री वितरण क्षेत्रमा सक्षम तथा विश्वसनीय संस्थाका रूपमा स्थापित गर्नुका साथै डिगो ओटीटीलाई चलचित्र, सिरिज, प्रत्यक्ष प्रसारण, खेलकुद तथा अन्य मनोरञ्जन सामग्री उपलब्ध गराउने अग्रणी नेपाली ओटीटी प्लेटफर्मका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कम्पनीले आगामी दिनमा अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रयोगकर्ता अनुभव, आधिकारिक डिजिटल सामग्री तथा अन्तर्राष्ट्रिय साझेदारीमार्फत दर्शकलाई विश्वस्तरीय मनोरञ्जन सेवा प्रदान गर्दै डिगो ओटीटीलाई विश्व बजारमा प्रतिस्पर्धी नेपाली डिजिटल स्ट्रिमिङ प्लेटफर्मका रूपमा थप विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =