राईटपाथ करियर काउन्सिलिङको “ग्राण्ड एजुकेसन कनक्लेभ-२०२४” भव्यताका साथ सम्पन्न

काठमाडौं । राइटपाथ करियर काउन्सिलिङको केन्द्रीय कार्यालय पुतलीसडक काठमाडौंबाट सुरु भएको “ग्राण्ड एजुकेसन कनक्लेभ २०२४” ललितपुरको कुमारीपाटी शाखामा आएर आज मिति २०८१ जेष्ठ ८ गते भव्यताका रुपमा सम्पन्न भएको छ ।

गत वैशाख २९ गते काठमाडौंमा सम्पन्न गरिसकेपछि बैशाख ३१ गते धनकुटा, जेठ ३ गते हेटौंडा, ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ र आज जेष्ठ ८ गते ललितपूरमा सम्पन्न भएको हो ।

पहिलोदिन काठमाडौंमा भएको जस्तै आज अन्तिम दिनसम्म ललितपुरको आफ्नै प्राङ्गणमा आइपुग्दा विद्यार्थीहरुमा चाहेर वा बाध्यताले उच्चशिक्षा हाँसिल गर्न जाने चाहना र रुची बढ्दो देखिएको छ ।

हाम्रो यस ग्राण्ड एजुकेसन कन्क्लेभमा ७ हजारभन्दा बढी विद्यार्थीहरु सहभागी भएका छन्। ‘यस कार्यक्रममा उच्चशिक्षा हाँसिल गर्न विद्यार्थीहरुले बुझ्न चाहेको सहि सूचना उपलब्ध गराउन सफल भयौँ भन्ने हामीले विश्वास लिएका छौँ । हामीले यस कन्क्लेभ सुरु गर्दैगर्दा करिव पाँच हजार विद्यार्थी माझ पुग्न सक्छौं भन्ने उदेश्य राखेका थियौं, तर हामी लक्ष्यभन्दा पनि धेरै विद्यार्थीहरु माझ पुग्न सफल भएको अवस्था छ’, राइटपाथले भनेको छ।

कनक्लेभमा विभिन्न देशका २० भन्दा बढी युनिभर्सिटीका प्रतिनिधिहरु तथा टेस्ट पिपेरेसन आईएल्स टेस्ट पिटीई साथै बैंक, इन्स्योरेन्सको समेत उपस्थिती रहेको थियो । ग्राण्ड एजुकेसन कनक्लेभमा अमेरिका, अष्ट्रेलिया, बेलायत, क्यानडा, कोरिया, डेनमार्क, युएई लगायत विभिन्न देशको बारेमा विद्यार्थीहरुले त्यहीँका प्रतिनिधिहरुबाट प्रत्यक्षरुपमा काउन्सिलिङ लिने अवसर पाएका थिए।

सोही अवसरमा विभिन्न देशका विश्वविद्यालयको स्कलरसिप देखि ६ हजार पर्ने आईएल्स मात्र २०८१ रुपैयाँमा पढ्न पाउने अफर विद्यार्थीहरुलाई प्रदान गरिको थियो। त्यस्तै विद्यार्थीहरुका लागी शतप्रतिशत प्रोसेसिङ्ग शुल्कमा छुट गरेको र उपस्थित विद्यार्थीहरुलाई फ्रि मुभि टिकटका साथमा आकर्षक गिफ्ट ह्याम्पर समेत प्रदान गरिएको थियो।

कार्यक्रममा परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै परीक्षा पछिको तीन महिना खेर नजाओस् भन्ने उदेश्य राखेर यस कायक्रमको आयोजना गरिएको राइटपाथले जनाएको छ।

जुन उपलब्धि मुलक रह्यो भन्ने विद्यार्थी तथा अभिभावकहरुको उत्साहजनक सहभागीताले पनि पुष्टि गरिसकेको आयोजकले जनाएको छ ।

पहिलो दिन राइटपाथ करियर काउन्सिलिङ्गको मुख्य कार्यालय पुतलीसडकमा २ हजारभन्दा बढी विद्यार्थीहरुको सहभागीतामा सुरु भएको कन्क्लेभमा देशका अन्य स्थानमा पनि उत्तिकै उत्साहपूर्ण सहभागीता रहेको थियो ।

हाम्रो कन्क्लेभमा वरिष्ठ गायीका अन्जु पन्त र मिस नेपाल २०१६ तथा राइटपाथकी ब्राण्ड एम्बास्डर अश्मि श्रेष्ठ पनि उपस्थीत भई प्रत्यक्षरुपमा विद्यार्थीहरुको हौसला बढाएका थिए।

राइटपाथ करियर काउन्सिलिङका सीईओ फिलिप डिसीले लामो समयदेखि विद्यार्थीहरुलाई शैक्षिक परामर्श तथा भाषाका कक्षाहरु सञ्चालन गर्दै आएको र आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु नियमित आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *