Jimny रारा एडभेन्चर : ‘अ राईड विथ अ कज’ सम्पन्न

काठमाडौँ । नेपालका लागि सुजुकी ब्रान्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक CG|Holdings अन्तर्गतको अटोमोटिभ डिभिजन CG|Motocorp तथा CG|NXTGEN ले Jimny रारा एडभेन्चर, ‘अ राईड विथ अ कज’ सम्पन्न गरेको छ ।

Jimny मालिकहरूले Jimny को वास्तविक क्षमता पत्ता लगाऊ सकुन् भन्ने उद्देश्यका साथ सो राईड सम्पन्न भएको कम्पनीले बताएको छ ।

वैशाख २३ देखि २९ सम्म सम्पन्न भएको सो राईड बुटवल, सुर्खेत, कालिकोट, रारा, जुम्ला हुँदै सुर्खेतमा समापन भएको थियो । बुटवलबाट सुरु भएको रारा एडभेन्चर राईडमा मारुती सुजुकी इन्डिया लिमिटेडका डिभिजनल म्यानेजर अनिल सैनीले Jimny को ५ दशकभन्दा लामो विरासत र यसको अफ रोडिंग क्षमताको बारे थप प्रकाश पार्नुको साथै विश्व भरी नै Jimny एउटा लाइफ स्टाईल एसयूभी को रुपमा निकै लोकप्रिय भएको पनि बताए ।

९० भन्दा धेरै देशहरूमा लन्च भएको Jimny ३०००० भन्दा धेरै युनिट बिक्री भइसकेको पनि बताए ।

सो राईडमा १० वटा Jimny गाडीले सहभागिता जनाएको थियो । राईडलाई अझै अर्थपूर्ण बनाउन कालिकोट क्षेत्रस्थित श्री सरस्वती आधारभूत विद्यालयलाई २ लाखको सहयोग हस्तान्तरण पनि गरेको थियो । १३५ भन्दा बढी विद्यार्थी अध्ययनरत सो विद्यालयलाई कालिकोटमा एउटा सहयोग कार्यक्रम आयोजना गरी मुलपानी –८, कालिकोटका वडा अध्यक्ष लाल बहादुर बिस्टको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो ।

राईडमा सहभागी एक Jimnyग्राहक शिव श्रेष्ठले आफ्नो अनुभव सुनाउँदै भने ‘रारा फेरि जानु एउटा इच्छा थियो, मैले यसको Jimny अफ रोडिंग क्षमताका कारण खरिद गरेको हो, यो राईडमा Jimny को क्षमता अनुभव गर्न पाए । यो कार्यक्रममा विभिन्न क्षेत्रका अरु राईडरहरु भेट्न पाए, एउटा परिवार जस्तो भयौ हामी, यो राईड अत्यन्त रमाइलो भयो र आगामी दिनमा पनि यस्तो कार्यक्रम आयोजना होस् भनेर कामना पनि गर्दछु ।

‘अर्को Jimny ग्राहक आदित्य थापाले भने ‘म सोलो राईड धेरै पटक गएको छु, तर यो कार्यक्रममा Jimny अरु ओनर्स संग जानु पाउँदा अझै रमाइलो भयो । Jimny लिएपछि मलाई एकचोटी कर्णाली राजमार्ग जानु इच्छा थियो, यो राईड आयोजना हुँदै छ भनी थाहा पाए पछि, ड्रिम कम त्रु फिल भयो, यसरी संगठित र सुरक्षित तवरले आयोजना गरिदिनु भएकोमा म आयोजक टिमलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

‘ Jimny ग्राहक डा.मुकुन्द जोशीले जोड्नु भएको थियो ।’ कार्यक्रम बारे बोल्दै, CG|Motocorp तथा CG|NXTGEN का महाप्रबन्धक सिरज पन्तले भने ‘अफ रोडिंग को मुख्य विशेषता हो, यो एउटा लाइफ स्टाईल एसयूभी हो जसले एडभेन्चर रोज्ने ग्राहकको माग पुरा गर्दछ । यो कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य भनेको नै उहाहरुलाई आफ्नो Jimny को क्षमता महसुस गरुन् र आफ्नो अनुभव एक अर्कामा आदानप्रदान गरी एउटा कम्युनीटीको रुपमा अगाडी बढोस् भन्ने हो । आगामी दिनमाको आफ्नै एडभेन्चर क्लब स्थापनगरी यस्तो कार्यक्रम भविष्यमा सञ्चालन गर्नेछौ । यो पहिलो संसकरण निकै सफल भयो र हामी सहभागी सबै Jimnyग्राहकलाई धन्यवाद दिन चाहन्छु ।’

उनले पहिलो संसकरण निकै सफल भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *