प्रतिनिधि सभाको बैठक फेरि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ ।

यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका अनुसार अर्को बैठक ६ गते बिहान ११ बजे बस्ने छ ।

आज शुक्रवार बिहान ११ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको थियो तर दलहरूबीच सहमति हुन नसकेपछि २ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

२ बजे पनि बैठक बस्न नसकेपछि संसद् सचिवालयले आजको बैठक स्थगित गरेको हो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *