राइटपाथको एजुकेसन कन्क्लेभमा विद्यार्थीहरूको उत्साहजनक सहभागीता

शैक्षिक परामर्शदाता संस्था राइटपाथ करियर काउन्सिलिङले आयोजना गरेको ‘ग्रान्डएजुकेसन कन्क्लेभ–२०२४’ को पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
शनिबार संस्थाको पुतलीसडकस्थित प्रधानकार्यालयमा आयोजित पहिलो कार्यक्रम दुई हजार भन्दा बढी विद्यार्थीहरूको प्रत्यक्ष सहभागितामा सम्पन्न भएको हो।
अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई विभिन्न आकर्षक अफरहरूसहित संस्थाले कन्क्लेभ आयोजना गरेको हो।
बिहान १० बजेदेखि लागेको विद्यार्थीहरूको भिड साँझ समापन गर्दासम्म उत्तिकै मात्रामा देखिएको थियो।कन्क्लेभमा सहभागी विद्यार्थीहरूले विदेश अध्ययन सम्बन्धी विज्ञहरूबाट महत्त्वपूर्ण ज्ञान हासिल गरेका छन्।

अस्ट्रेलिया, बेलायत, क्यानडा र अमेरिकाका २० भन्दाबढी विश्व विद्यालयहरूका प्रतिनिधिलाई एउटै छानामुनि राखेर राइटपाथले ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ आयोजना गरेको हो।
कार्यक्रममा सहभागी भएका प्रत्येक विद्यार्थीले राइटपाथ बाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। त्यस्तै विदेश अध्ययन आवेदन शुल्कमा शतप्रतिशत सम्मको अफर दिइएको छ भने फ्रि मुभी टिकेट समेत प्रदान गरिएको छ।
यसका साथै सहभागी विद्यार्थीहरूले अमेरिका लक्षित २५ हजारसम्मको छात्रवृत्ति अफरदेखि ६ हजार लाग्ने आइएल्टिएस जम्मा २०८१ रुपैयाँमै गर्न पाउने सुविधा पनि सहभागीहरूले प्राप्त गरेका छन्।
राइटपाथकी ब्राण्ड एम्बेसडर समेत रहेकी पुर्व मिस नेपाल अस्मि श्रेष्ठ तथा चर्चित गायिका अन्जु पन्तको उपस्थितिले कन्क्लेभको रौनकता अझै बढेको थियो।
यी दुई प्रसिद्ध व्यक्तित्वहरुसंग फोटो खिच्न सहभागी विद्यार्थीहरु झुम्मिएका थिए।
अध्ययनका लागि क्यानडा जाने सोचमा रहेका एक विद्यार्थीले कन्क्लेभमा सहभागी भएर आफूले धेरै फाइदा लिएको प्रतिक्रिया दिए।

उनले भने, ‘मैले क्यानडा अध्ययनका लागि आइएल्टिएस दिएर बसेको छु।आफ्नो सोच क्यानडा नै जाने भए पनि बजारमा सुनिएका विभिन्न कुराहरूले दुबिधा उत्पन्न भएको थियो। आज युनिभर्सिटी कै सर र म्यामले गाइड गर्नु भएपछि धेरै कुरा बुझियो। अब थप रिसर्च गरेर प्रोसेसिङ गर्ने छु।’
आफूलाई कन्क्लेभ एकदमै लाभदायक भएको उनको भनाई थियो।
अमेरिकाका विभिन्न विश्वविद्यालयहरू बारे रिसर्च गरिरहेकी अर्की एक विद्यार्थीले आफ्नो अनुसन्धानलाई सहयोग पुर्याएको भन्दै राइटपाथलाई धन्यवाद दिइन्। कुनठाउँ जाने रु, कस्ता शैक्षिक संस्थाछान्ने रु डकुमेन्ट बनाउँदा देखि अन्य आवेदन प्रक्रियासम्मका आफ्ना जिज्ञासाहरू मेटिएको उनले बताइन्।
उनले यस्ता शैक्षिक मेलाहरूले विद्यार्थीहरूलाई उत्प्रेरित गर्ने र भविष्यमा आउनसक्ने समस्याबाट बचाउने प्रतिक्रिया दिइन्।
कन्क्लेभमा भेटिएका अन्य विद्यार्थीहरूले पनि आयोजकलाई सकारात्मक प्रतिक्रिया दिए।भर्खर प्लसटुको परीक्षा दिएकादेखि भाषा परीक्षा तयारी गरिरहेका, त्यस्ता परीक्षामा आवश्यक अंक प्राप्त गरिसकेकादेखि आफ्नो रुचि र क्षमता अनुसारको विषय पढाउने शैक्षिक संस्था छानिरहेका सम्मका विद्यार्थीहरू कन्क्लेभमा भाग लिन पुगेका थिए।

सहभागी विश्व विद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरू पनि राइटपाथको एजुकेसन कन्क्लेभमा लागेको घुइँचो देखेर उत्साहित थिए।
केही प्रतिनिधिहरूलाई आफूसँग परामर्शलिने विद्यार्थीहरूको चाप व्यवस्थापन गर्ने मुस्किल परेको थियो।
‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ को पहिलो दिनको भव्य सफलतापछि प्रतिक्रिया दिँदै राइटपाथ करियर काउन्सिलिङका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० फिलिप डिसीले सहभागी विद्यार्थीलाई धन्यवाद दिए।
उनले अपेक्षा गरेभन्दा निकै राम्रो सहभागिता देखिएको भन्दै उपत्यका बाहिर गर्न लागिएका कार्यक्रमहरूमा पनि त्यस्तै सहभागिता रहने विश्वास व्यक्त गरे।
गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने नारा बोकेको राइटपाथले आफ्ना हरेक गतिविधिहरूमा विद्यार्थीको अधिकतम हितलाई केन्द्रमा राख्दै आएको हुँदा कार्यक्रमबाट विद्यार्थीले अधिकतम लाभ लिने उनको भनाई थियो।

कन्क्लेभलाई देशका प्रमुख ७ सहरहरूमा पुर्याउने राइट पाथको तयारी छ।
आज शनिवार काठमाडौँबाट सुरुभएको यो शैक्षिक मेला आगामी जेठ ८ गते ललितपुर शाखामा आएर समापन हुनेछ।यसबिचमा ३१ वैशाखमा धनकुटामा, ३ जेठमा हेटौँडामा, ४ जेठमा चितवनमा, ५ जेठमा बुटवलमा र ६ जेठमा दाङमा कन्क्लेभ सञ्चालन हुने छ।
यी प्रत्येक सहरका सहभागीहरूले माथि उल्लेखित अफरहरू प्राप्त गर्नेछन्।









