अवैध बाटोबाट अमेरिका पठाइदिने भन्दै रकम ठगी गर्ने गिरोह पक्राउ (तस्बिरहरू)

काठमाडौँ । नेपाल प्रहरीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ ५ करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

शुक्रवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी उक्त गिरोहलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा वर्ष ४७ का सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका २ का टासी शेर्पा, जिल्ला सिन्धुपाल्चोककै वर्ष ४२ का साविक कर्थली गा.वि.स.१ का ङिमबुटी शेर्पा र जिल्ला सिन्धुपाल्चोककै जुगल गाउँपालिका १ की वर्ष १९ वर्षीया निमा शेर्पा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताए ।

उनका अनुसार सम्पर्कमा आएका १० जनाबाट उक्त गिरोहले ५ करोड ५० लाख रुपैयाँ रकम ठगी गरेको पाइएको छ । यो गिरोहले करिब १५ जना नेपालीहरूलाई अमेरिका पठाउन केन्या लगायतका विभिन्न देशहरूमा अहिले पनि बन्धक बनाई राखिरहेको र निजहरूबाट करिब ७ करोड ५० लाख रकम लिएको खुल्न आएको बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले फरक घटनामा श्रोत नखुलेको ९८ लाख रकमसहित दुई जनालाई पक्राउ गरेको बताए । उनका काठमाडौं महानगरपालिका ५ मालिगाउँ क्षेत्रमा मिलन बि।क।समेतका केही व्यक्तिहरूलाई पनि हुण्डी कारोबार गरिरहेको सूचनाका आधारमा पक्राउ गरिएको बताए । उनले पक्राउ पर्नेमा वर्ष २८ का समिर सुनार र वर्ष २९ का मिलन बि।क। रहेको बताए । उनीहरु दुवैजना रुपन्देही सियारी गाउँपालिका ७ रहेको बताए ।

उनीहरूको साथबाट ९८ लाख श्रोत नखुलेको रकमसहित बा.१३ च. ४८५८ नम्बरको सवारी साधन बरामद भएको बताए ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *