आठ दिनपछि पशुपति परिसरमा भेटिएकी स्नेहा कहाँ गएकी थिइन् ?

काठमाडौं- काठमाडौँको कलंकीबाट एक साता अघि हराएकी चितवनकी स्नेहा लामिछाने बुधबार भेटिइन् । २० वर्षीया लामिछाने बुधबार पशुपति मन्दिरको आरती स्थलमा भेटिएकी हुन् ।

साँझ उनलाई उनका बुबाले नै फेला पारेका बताइएको छ । परीक्षा आउन लागेकाले तयारीका लागि पुस्तकालयबाट पुस्तक लिन निस्किएकी उनले पछि फोन गरेर घर आउन लागेको बताएकी थिइन् । तर, त्यसपछि उनी सम्पर्कविहीन भइन् ।

उनी कलङ्कीमा आफन्तकहाँ बसेर कलेज पढ्थिन् । छोरी सम्पर्कमा नआएपछि २० वैशाखमा आमा शोभा लामिछानेले प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् । चितवनको कालिका नगरपालिका–६ जमुनापुर घर भएकी लामिछाने काठमाडौंको सगरमाथा इञ्जिनियरिङ कलेजमा कम्प्युटर इञ्जिनियरिङ पढिरहेकी थिइन् ।

उनलाई पढाईको तनाव रहेकाे बताइएकाे छ । इन्जिनियरिङ अध्यायनरत छात्रा भएकाले परीक्षामा केही विषयमा असफल भएपछि उनी विक्षिप्त बनेकी थिइन् । उनका लागि जीन्दगी प्रेसर कुकर जस्तो भइदियो ।

उनलाई भेटेका पत्रकार राजिव खत्री भन्छन्, ‘ पढाइको प्रेसर, परिवारको प्रेसर, साथीभाइको प्रेसर । प्रेसरै प्रेसरले धेरै हानेपछि उनले एकान्तबासलाई रोजिन् । एक हप्तासम्म दुनियाँ उनको खोजीमा भौतारियो तर उनी भने पशुपति क्षेत्रमा आफूले आफूलाई खोज्दै थिइन् । आफूलाई चिन्न खोज्दै थिइन् ।’

राजीवको भनाई :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *