संसद्अघि कांग्रेस संसदीय दलको बैठक, कस्तो बन्ला रणनीति ?

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । बैठक आज बिहान साढे ८ बजेका लागि बोलाइएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनकाे ल्होत्से हलमा बस्ने तय भएको बैठकले पार्टीबाट संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्नेछ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ ।

यसअघि बिहीबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो । पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण बिहीबारको बैठक स्थगित गरिएको थियो ।

आज दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *