आजको मौसम : मेघगर्जन-चट्याङ्गसहित ठूलो वर्षा

काठमाडौं । नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव छ ।

यतिबेला (मंगलबार बिहान) देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ भने बागमती र कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने छ।कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानसँगै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । साथै बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बुध र बिहीबारको पूवर्मनुमान :- 

प्रतिक्रिया

One thought on “आजको मौसम : मेघगर्जन-चट्याङ्गसहित ठूलो वर्षा

Leave a Reply

Your email address will not be published. Required fields are marked *